
काठमाडौं, असोज ११ । सत्तारुढ नेकपा९माओवादी केन्द्र०ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार पार्टी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।
उनले देशका विभिन्न भागमा देखापरेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको र यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने बताए ।
प्रवक्ता सापकोटाले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको बताए । यस्तै, आन्दोलनरत राहत शिक्षकहरुसँग संवाद गरी समस्याको समाधान गर्नुपर्ने र संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे