
काठमाडौं, ९ असोज ।नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र आज हुँदैछ। अधिवेशनको बन्दसत्र आजदेखि सुरु हुने एमालेले जनाएको छ । अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भएर आएका छन्। सर्वसम्मत नेतृत्व चयनको अभ्यास लुम्बिनीमा सफल नभएकाले बागमतीमा समेत उम्मेदवारहरुले प्रतिस्पर्धाको तयारी गरेका छन्।
प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरु समेत आकांक्षी देखिएका छन्। अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलको दाबी बलियो छ। सर्वसम्मत नेतृत्व चयनको अवस्थामा कृष्णभक्त पोखरेल, भूमि त्रिपाठी लगायतले आकांक्षा देखाएका छन्। यस्तै बागमती प्रदेशका पूर्वसभामुख रहेका सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डेले अध्यक्षमा दाबी कायम राखेका छन्।
सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने नभए भोटिङमा जाने तयारी छ। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर भने प्रतिस्पर्धा गर्न नपाइने चेतावनी दिएका छन्। सोमबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले प्यानल बनाएको थाहा भए प्यानलको सिंगै उम्मेदवारी पनि खारेज हुने चेतावनी दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे