
काठमाडौं, २६ भाद्र । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अस्पतालबाट पार्टी कार्यालय च्यासल लगिएको छ ।
महाराजगञ्जस्थित त्रि.वि शिक्षण अस्पतालबाट उनको शरीर श्रद्धाञ्जलीका लागि नेपाली सेनाको गाडीमार्फत पार्टी कार्यालय च्यासल लगिएको हो ।नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो ।
विदेशमा रहेका उनका २ छोराहरु आएपछि मात्र अन्त्येष्टि गरिने भएकाले आज उनको पार्थिव शरीर पार्टी कार्यलयमै रहनेछ। नेम्वाङको अन्त्येष्टिमा नेपाली सेनाले सम्मान दिने छ ।दिवंगत नेता सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।
एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङको शवमा एमाले अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यले पार्टीको झण्डा ओढाएका छन् ।
नेम्वाङको गए राति हृदयाघातबाट निधन भएको थियो । उनको निधनपछिको शोकमा सम्मान स्वरुप सरकारले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे