
काठमाडौं, २६ भाद्र । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले पार्टीका सबै कार्यक्रम स्थगित गरिएको छ । सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आज बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सबै औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए ।
संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको निधनपछि एमालेले पार्टी र पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गरेको कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । उनले अर्को सूचना नभएसम्मका लागि पार्टीका सबै कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।
हल्का रुघापछी अस्पताल पुर्याइएका नेम्वाङको आज बिहान १ः४० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हृदयघातका कारण निधन भएको थियो ।
सरकारले पनि नेम्वाङको निधनपछि दुख व्यक्त गर्दै अन्त्येष्टिका दिन देशभर सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे