
काठमाडौँ , २६ भदौ । नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ ।ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको छ । सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान आकस्मिक निधन भएपश्चात् सचिवालय बैठक बसेको हो।
हृदयघातका कारण नेम्वाङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान ४ः२० बजे निधन भएको थियो ।दिवंगत नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिएको र छोराहरु विदेश भएकाले उनीहरु पुगेपछि बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे