
काठमाडौँ, २६ भाद्र । एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ ।
मन्त्रिपरिषदको आज बसेको वैठकले नेम्वाङको अन्त्यष्टिमा राष्ट्रिय सम्मान दिने र अन्त्यष्टि गरिने दिन भोलि सार्वजनिक विदा समेत दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी गराए । उनका अनुसार छोराहरु विदेशमा रहेकाले आएपछि मात्रै अन्त्यष्टि गरिने तयारी भएकाले जहिले अन्त्यष्टि गरिन्छ त्यही दिनमा नै सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
इलाम-२ बाट निर्वाचित संविधानसभाका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे