
काठमाडौँ, भदौ २४ । ललिता निवासस्थित सरकारी जग्गा प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । ललिता निवास प्रकरणमा पक्राउ परेर कारागारमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले शिवजी भट्ट: ३ लाख ३० हजार
रुद्र कुमार श्रेष्ठ: ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ: ७ लाख ५० हजार
कलाधर देउजा: १५ लाख
घमन कुमार कार्की: ७ लाख ५० हजार
गोपाल कार्की: ७ लाख ५० हजार
विनोद पौडेल: १५ लाख
योगराज पौडेल: ७ लाख ५० हजार
नारायणराज मिश्र: ७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ ७ लाख ५० हजार
ध्रुव प्रसाद अर्याल: ३ लाख ३० हजार
बाबुराजा महर्जन: १ लख १० हजार
देवनारायण महर्जन: १ लाख १०
सकलानन्द महर्जन:१ लाख १० हजार
सञ्जय कुमार महर्जन: १ लाख १० हजार
लोकरि घिमिरे: ७ लाख ५० हजार
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे