
काठमाडौँ, भदौ २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणका विषयमा छलफल विभिन्न सरोकारवाल पक्षहरुसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गरेका हुन् । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनले छलफल गरेका हेन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छलफलमा शेरबहादुर देउवा, केपी शर्मा ओली, अध्यक्ष माधव नेपाल, चित्रबहादुर केसी, डीपी अर्याल, बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको छ ।
प्रधानमन्त्री दाहालले आज साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे