
काठमाडौँ , २१ भदौ | संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी आज बिहीबार काठमाडौं आइपुगेको छ।संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी वायु सेनाको विशेष जहाजबाट अमेरिकी सेनाको टोली काठमाडौं आएको हो।
अमेरिकी सैनिक अधिकारी लिम कमन्टरको नेतृत्वमा १२ जना अमेरिकी सैनिक काठमाडौं आइपुगेका हुन्।
४० औँ संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे