
काठमाडौँ, भदौ १९ । काठमाडौं महानगरका प्रमुख बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगर क्रिकेट रंगशाला बनाउन तयार रहेको बताएका छन् । नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ उनले बताएका छन् ।
सोमबार नेपाल र भारतबीच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । श्रीलंकाको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद उनले लेखेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे