
काठमाडौँ , १५ भाद्र |प्रधानमन्त्रीले चीन भ्रमणमा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा कुरा राख्ने नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए का छन् । प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्साबारे लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्शा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन् ।
शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे प्रधानमन्त्रीले कुटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिएका हुन् ।
उनले यस विषयमा कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताए । चीनको यस कदमबारे स्पष्ट हुनका लागि कुटनीतिक पहलकदमी बढाउनुपर्ने पनि उनले बताए ।
चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा छेउमा नेपालको पुरानै नक्सा राखेर जारी गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे