काठमाडौँ, २९ साउन । केही दिनदेखी परेको अविरल वर्षासँगै आएको बाढीले मुस्ताङमा ठुलो क्षती भएको छ ।
बर्षासँगै आएको बाढीले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागवेनी बजारमा रहेका ३१ घरहरु जलमग्न भई क्षति पुगेको हो ।
बाढीले जिल्लाको कागवेनी लोमान्थाङ जोडने पक्की पुल र काठे पुल समेत बगाएको छ । थप क्षती हुन नदिन नेपाली सेनाको नारायणदल गणबाट परिचालित फौजले अन्य सुरक्षा निकाय तथा स्थानीयहरुको सहयोगमा स्थानीयवासीहरुलाई सुरक्षित स्थानान्तरण गरी खोज तथा उद्धार कार्य गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे