काठमाडौँ, २४ साउन । आज विश्व आदिवासी जनजाति दिवस । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।
विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
दिवसकै अवसरमा आज कतिपय जिल्लाका स्थानीय तहहरुले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
आदिवासी जनजाति सम्वद्ध विभिन्न संघ संगठनहरुले यो दिवस मनाउने गर्दछन् ।
नेपालमा नयाँ संविधानले आदिवासी जनजाति तथा सीमान्तकृत वर्षको राजनीतिक तथा प्रतिनिधित्वसहितका अधिकार सुनिश्चित गरेको छ । नेपालमा पछिल्लो राष्ट्रिय जनगणना अनुसार १०३ भन्दा बढी जातजातिको अस्तित्व छ ।
दिवसकै अवसरमा आज कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे