
काठमाडौँ, १९ साउन । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभागका पदाधिकारीका लागि विभिन्न मापदण्ड तय गरेको छ ।
हिजो बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले अब पार्टीको केन्द्रीय विभागमा पदाधिकारी, सदस्य वा प्रदेश विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातकोत्तर (मास्टर्स) गरेको हुनुपर्ने निर्णय गरेको छ।
यस्तै सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने पनि मापदण्ड तोकेको छ।
यसैगरी प्रदेश विभाग पदाधिकारी, सदस्य वा पालिका विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातक ९ब्याच्लर्स० गरेको हुनुपर्नेछ। यस्तै, पाँच वर्षको अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ।
पालिका विभाग पदाधिकारी र सदस्य हुन १२ कक्षा पास भएको हुनुपर्ने छ। यस्तै, दुई वर्ष अनुभव भएको तथा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे