
काठमाडौं । झण्डै एक वर्षपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट बैठक सुरु हुने कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीले जानकारी दिए।
मंगलबारदेखि बस्ने कांग्रेसको बैठकका लागि पार्टी सभापति देउवा निवास धुम्बाराहीमा सोमबार साँझ पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको थियो। सोमबार बसेको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । यद्यपि बैठकमा यी बाहेकका अरू विषयमा पनि विस्तारमा छलफल गर्ने तयारीमा सभापति शेरबहादुर देउवा छन्।
कांग्रेसको विधानअनुसार हरेक २ महिनामा गरिनुपर्ने केन्द्रीय समितिको बैठक ११ महिनामा बस्न लागेको छ।
यस्ता छन् कांग्रेसका १० एजेन्डा
सांगठनिक कार्ययोजना र कार्यतालिका बनाइने।
केन्द्रीय सदस्य बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव।
गोपालमान श्रेष्ठको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत।
नीति अधिवेशनका विषयमा छलफल र खाका प्रस्ताव। विभागहरू गठन, थप र कामको व्यख्या।
राष्ट्रव्यापी अभियानको घोषणा र खाका प्रस्तुत। अनुशासन समितिको प्रतिवेदन पेश।
संसद्मा कांग्रेसको भूमिकाका विषयमा रमेश लेखकद्वारा प्रतिवेदन पेस।
सरकारको गतिविधिबारे आन्तरिक र बाह्य गतिविधिका बारेमा जानकारी।
समसामयिक विषयमा छलफल।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे