काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र गाडी निषेध गरेको छ ।
मेयर बालेन्द्र शाहले सम्पदाको मौलिकता जोगाउन हनुमानढोका परिसरभित्र गाडी निषेध गरेको बताए ।
‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।’
उनले विश्वलाई गौरवसाथ देखाउन सक्ने र हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै सम्पदा र यीनको प्राचीन मौलिकता भएको बताएका छन् ।
सम्पदा र प्राचीन मौलिकता हेर्न,,अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु नेपाल आउने गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे