
काठमाडौँ, २९ जेठ । गौर हत्याकाण्ड सम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।
रौतहटको गौरमा १६ वर्षअघि भएको हत्याकाण्डमा दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाई हुने गरी सोमबार पेसी तोकिएको हो ।
यसअघि जेठ २५ गते सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा परेको उक्त मुद्दाको सुनुवाइ आज हुन लागेको हो ।
गौर नरसंहारको दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।
सुनुवाईका लागि जेठ २२ गते पनि पेसी तोकिए पनि त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमामा परेको थियो ।
२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । यसै घटनालाई ‘गौर हत्याकाण्ड’ भनिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे