
काठमाडौँ, २४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि)–७ जारी गरेको छ।
वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकमा निर्णय समेट्दै एमाले अध्यक्ष ओलीले मंगलबार अन्तरपार्टी निर्देशन–७ जारी गरेका हुन्। जारी अपानि अनुसार एमालेले सबै केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ । एमालेले पार्टी उपाध्यक्ष र उपमहाचिवहरुलाई विभागको जिम्मेवारी दिएको छ ।
पार्टी सचिवहरुलाई मधेश इन्चार्ज, स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे