
नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछेर तयार गरिएको ‘नक्कली अडियो टेप’को छानविनमा ढिलासुस्ती भएको बताएकी छिन् ।आज (सोमबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन , ‘त्यो फेक टेपको चाडो भन्दा चाडो छानविन गर्न आग्रह गर्दछु’ । उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको देउवाले बताइन् ।
सांसद आरजुले यो प्रकरणमा आफ्नो नाम जोडेर संचारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको समेत भनिन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे