
काठमाडौँ, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
थापालाई प्रहरीले आइतबार पक्राउ पुर्जी जारी गरेको हो। प्रतीक नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ।
यसअघि थापाले यस नक्कली भु्टानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको झुटो आरोपसहित नाम जोडिएको प्रति खेद प्रकट गर्दै खण्डन गरेका थिए ।
उनले संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहति १२ जना पक्राउ परिसकेका छन् ।
पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई भने अहिलेसम्म फरार छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे