
काठमाडौँ , ३० वैशाख। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै काठमाडौंभित्र कुनै पनि ठाउँमा जान निशुल्क एम्बुलेन्स सेवा संचालन आरम्भ भएको घोषणा गरेका हुन् ।
उनले १०२ मा कल गरेर सो एम्बुलेन्स सेवा प्रयोग गर्न सकिने बताएका छन् । उनले भनेका छन्– ‘काठमाडौं भरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे