
काठमाडौँ , २९ बैशाख । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत बैंकदर १ प्रतिशत विन्दुले घटाएको छ।
मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाउँदै बैंकदरलाई ८ दशमलव ५ प्रतिशतबाट घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरेको हो । नीतिगत दर भने ७ प्रतिशत यथावत राखिएको छ ।
छिमिकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरले मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राखेर बैंकदरलाई १ प्रतिशत बिन्दुले घटाएको हो ।
यो सुविधालाई तेस्रो समीक्षामार्फत पनि निरन्तरता दिँदा अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत विन्दुले कमी आएको राष्ट्र बैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे