
काठमाडौँ, वैशाख ८ । यही वैशाख १० गतेहुने भनिएको स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ । त्रिभुवन विश्वविद्यालयले वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै सो दिनका परीक्षा वैशाख १६ गतेलाई सारेको छ ।
त्रिविले वैशाख १० गते बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा तोकेको थियो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे