
काठमाडौँ , ५ वैशाख | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद लिङ्देनले सोमबार न्यायका लागि संघर्ष गरेका मिटरब्याजपीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै भर्त्सना गरेका छन् ।
अध्यक्ष लिङदेनले गरिव र निमुखा ती मानिसहरुमाथि किन आक्रमण गरेको भनेर प्रश्न समेत गरे। न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरुलाई सरकारले हिजो गरेको निर्मम ढंगले आक्रमणको उनले भत्सर्ना समेत गरे ।
उनीहरुको मागलाई सरकारले समयमै सम्बोधन नगरे एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरुको साथमा सडक संघर्षमा जाने घोषणा समेत अध्यक्ष लिङ्देनले गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे