
काठमाडौँ , ५ वैशाख |काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदैछ। सिंहदरवार, बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सोमवार सर्वोच्च अदालतमा रिट हालेका थिए ।
तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न रिटमा माग गरिएको छ।
आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेनले १० दिनदेखी सिंहदरबारभित्रको फोहोर संकलन गर्ने कम्पनीलाई निर्देशन दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे