
काठमाडौँ, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौड्यालविरुद्धका समाचार र पोस्टहरु नहटाए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।
रास्वपाका सांसद् ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग गरेको २ करोडको डिलमा कोर टिमको नाम लिएका थिए । विभिन्न सञ्चार माध्यमम र पोस्टहरुमा कोर टिममा निकिता पनि रहेको दाबी गरिएपछि रविले यस्तो चेतावनी दिएका हुन् ।
लामिछानेले लेख्ने र छाप्नेलाई कायरहरुका संज्ञा दिदै बिना आधार, बिना प्रमाण गरिएको आक्रमणको हिसाब राखेको बताएका छन् ।
उनले भनेका छन्– एक आफैँमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगतिबाहेक राजनीतिमा केही लिनुदिनु छैन, कायरहरु उसमाथि खनिएका छन्। बिनाआधार, बिनाप्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं। निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ।’
रास्वपाले बुधबार अडियो विवादमा मुछिएका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसदसहित पार्टीको साधारण सदस्यबाट समेत हटाएर विन्दबासिनी कंशाकारलाई सांसद् बनाउने निर्णय गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे