
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले शेरबहादुर देउवा सरकारले दुईवटा दल फुटाएर दल विभाजन सम्बन्धि अध्यादेश खारेज गरेको प्रति असन्तुष्टि ब्यक्त गर्नुभएको छ । सरकारले अध्यादेश खारेज गरेपछि सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै थापाले सरकारप्रति कडा आक्रोश पोख्नु भएको छ ।
देउवाले एमाले र जसपा फुटाएलगत्तै दल विभाजन अध्यादेश फिर्ता लिएको प्रति टिप्पणी गर्दै थापाले लेख्नुभएको छ, ‘परमादेशबाट प्रधानमन्त्री नियुक्ति, त्यस्तो प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता। यहि हो अग्रगमन,संविधान र लोकतान्त्रको रक्षा ?’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे