
काठमाडौं , माघ १० । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।गृहमन्त्रीको सचिवालयका अनुसार उनीबीच भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको छ ।
मन्त्री लामिछानेलाई भेट्न राजदूत थम्प्सन आज (मंगलबार) सिंहदरबार पुगेका थिए ।सो क्रममा उनले मन्त्री लामिछानेलाई बधाई एवम् सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।
आजको भेटवार्तामा राजदूत थम्सनसँगै नियोग उपप्रमुखलगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरु पनि सहभागी थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे