
काठमाडौँ , माघ ८ ।नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज बिहान करिब ८ बजे बैठक गरेको छ । भेलामा गगन थापा तथाकोइराला पक्षधर पदाधिकारी तथा केन्द्रीय सदस्य, सांसदहरू र प्रदेश सभापतिहरू सहभागी छन् ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।नेपाली कांग्रेस तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनले बैठकमा बताए ।
अन्तिमम समयमा पार्टी नेतृत्वको निर्णयअनुसारै सबै कांग्रेसी सांसदले विश्वासको मत दिएको उनले बैठकमा बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे