
काठमाडौँ , १८ पुस | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्।पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी पोलिटब्यूरो बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन अध्यक्ष नेपाललाई आग्रह गरिरहेका छन् । अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसै सामू लग्ने पक्षमा नरहेको समेत बताए ।
देशको राजनीतिक आफ्नै जटिलताहरु रहेकाले वर्तमान सरकारमा सामेल नहुने बरु देशको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए । अध्यक्ष नेपालले आफूहरू कसैको दबाबमा नपर्ने बताएकाछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे