
काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन्। प्रचण्डले आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।
छलफलमा गृहमन्त्री रवि लामिछाने अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरू सहभागी थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आग्रह गरेका छन् । प्रचण्डले आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको मितिको बारेमा छलफल गरेको जनाइएको छ।
भेटवार्तामा हालै सम्पन्न चुनावको समीक्षा लगायतका विषयमा छलफल भइरहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे