
काठमाडौँ , १५ पुस | विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइलाई तत्कालका लागि स्थगित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्केका नेपालीले ल्याउने माबाइल, ल्यापटपमा गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न र पुरानै प्रक्रियामा चल्न दिन अर्थमन्त्रीलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट फर्किएका नेपालीहरूले ल्याउने मोबाइल नरोक्न निर्देशन दिएका छन् । सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् ।
सरकारको उक्त निर्णयप्रति वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले त सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे