
काठमाडौँ , १४ पुस | सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए।उनले भने , ‘‘सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम तय गर्ने, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ । हरेक राजनीति दलले न्यूनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ । यो सत्ता साझेदार दलहरुमा संयोजकका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूलाई अघि बढाउने निर्णय भयो । मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भयो । मन्त्रिमण्डल विस्तार गर्दा योग्यताको आधारमा विस्तार गर्ने भन्ने विषयमा छलफल भयो ।’’
गृहमन्त्री लामिछानेले बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे