
काठमाडौँ ,८ पुस | काठमाडौं महानगरपालिकाले आज आज शुक्रबारदेखि एक हप्ता फोहोर व्यवस्थापनको काम प्रभावित हुने जनाएको छ ।महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै राख्न अपिल गरेको हो ।
काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम एक हप्ता फोहोर व्यवस्थापनको काम रोकिने जानकारी दिएको हो । बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने दुई किलोमिटर सडक मर्मतको काम शहरी विकास मन्त्रालयले गरिरहेको छ ।
बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी बञ्चरेडाँडा जाने गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे