
काभ्रेपलाञ्चोक, २८ मंसिर । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । हिजो मंगलबार साँझ ६ बजे बा ३ ख ४३८५ बस दुर्घटना हुँदा अन्य २१ घाइते भएका छन् ।
बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो । घाइतेहरुको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल उपचार भईरहेको छ ।
अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरेको थियो । मृतकहरुको अझै पहिचान हुन सकेको छैन । गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे