• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

१२ घण्टा अघि
२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

१५ घण्टा अघि
३

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

१५ घण्टा अघि
४

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

१६ घण्टा अघि
५

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

१७ घण्टा अघि
६

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

१७ घण्टा अघि
७

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

१८ घण्टा अघि
८

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

१८ घण्टा अघि
९

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

१८ घण्टा अघि
१०

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

१८ घण्टा अघि
११

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

१८ घण्टा अघि
१२

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०७९ मंसिर १९, सोमबार (३ साल अघि)

नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी

  • 2,343 Views
  • काठमाडौं । मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा थिइन् । यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछिन्, यहाँका कुनाकन्दरामा पुग्छिन्, स्वास्थ्य शिविर राख्छिन् र विशेषगरी उनले विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार दिन्छिन् ।

    नेपाल कति पटक आउनुभयो ? हाम्रो प्रश्नमा उनको जवाफ थियो, “गन्ती गरेको छैन, खोइ थाहा छैन । त्यस्तै ४० पटकभन्दा बढी त भयो होला । यसवर्ष उहाँ नेपाल आएको यो तेस्रो पटक हो । पछिल्लो समय बुबाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेकी छु ।”

    चार वर्षकी हुँदा सन् १९५२ मा उनी नेपाल आएकी रहिछन्, बुबासँग “तर धेरै सम्झना छैन, चार वर्षकि थिएँ । यति सम्झिन्छु कि त्यतिबेला नेपालमा विमानस्थल थिएन । कताकति मात्र शौचालय थिए, । बडो कठिन थियो यहाँको यातायात र नेपालीको जीवनशैली पनि ।”

    उनका बुबा अर्थात् टोनी हेगन । नेपाललाई संसारमा चिनाएको यो नामलाई सायद नेपालमा चिनाइरहनु पर्दैन होला । टोनी हेगेन सम्भवतः नेपालकै पहिलो पर्यटकका रुपमा सन् १९५० मा यहाँ आएका थिए । नेपालमा विमानस्थल नभएकाले उनी कलकत्तासम्म जहाजमा आएर यहाँ आएकी रहिछन् । त्यसपछि आफूलाई नेपालको सौन्दर्यले तानेको कुरा उनले नेपाललाई भन्दा बाहिरको संसारलाई बढी सुनाएकी छन् । प्रायः यहाँकै हिमाल, पहाड र खोल्सातिर भेटिने टोनीले औषत नेपालीले भन्दा धेरै नेपाल घुमेका छन् । उनलाई नेपालको पहिलो र सर्वाधिक पदयात्रा गरेको विदेशीभन्दा गल्ती हुँदैन ।

    सन् १९५० मा स्वीस् सहयोग परियोजनाका क्रममा नेपाल आएका उनी नेपालको भूगोल र सौन्दर्यसँग नेपालीभन्दा नजिक रहे । नेपालको करिब १४ हजार किलोमिटर पैदलैयात्रा गरेका उनले नेपाल सम्भवतः सबै पर्यटकभन्दा बढी पैदलै हिँडेका थिए । नेपालको भौगोलिक अवस्था एवं हिमालयन क्षेत्रको जैविक विविधताका साथै नेपाली जीवनशैली, परम्परा एवं यहाँको जातीय विविधतालाई उनले नेपाल बाहिरसम्म पुर्याइदिएका छन् ।

    नेपाली पर्यटन क्षेत्रले सम्मान गर्ने उनले तयार गरेको ‘नेपाल’ नामक पुस्तकले नेपालको भौगोलिक, पर्यटकीय र अनेक जीवनशैलीका बहुआयामिक पक्षलाई समेट्छ । उनले हाम्रो हिमाल र हिमाली पर्यटकीय विशेषताका साथै अनेक सांस्कृतिक पक्षलाई समेटेर तयार गरेका वृत्तचित्रले नेपाल बाहिर नेपाल चिनाउन निकै सघाएको छ । उनका यिनै योगदानका कारण नेपालले उनलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो ।

    आधा जति बुबाको नेपाल प्रेमलाई उजागर गर्न र आधा आफैंले स्वास्थ्योपचार उपलब्ध गराउन आफू नेपाल आउने गरेको क्याट्रिन हेगन बताउँछिन् । हाडजोर्नीकी सर्जन उनले स्वीट्जरल्याण्डमा खोलेको टोनी हेगेन फाउन्डेसनले नेपालमा मात्र काम गर्छ । “बुबाले माया गरेको र बुबालाई सम्मान गरेको देश नेपाल । मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन लाग्छ”, क्याटरिनले भनिन् । उनी नेपालका कैयौँ जिल्लामा स्वास्थ्य शिविर राख्ने, असहाय तथा स्वास्थ्योपचारको पहुँचसम्म पुग्न नसक्ने दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउने गर्छिन् ।

    नेपालका लागि बुबाले गरेका कामलाई पूर्णता दिने आफ्नो काम ठान्छिन् डा. क्याट्रिन । “नेपालका बारेमा बुबाका धेरै अनुसन्धान छन् तिनलाई अझै धेरै विस्तार गर्ने मेरो सोच छ । फाउन्डेसनबाट तिनलाई पूर्णता दिन्छु । टोनीले नेपालमा खिचेका तस्बीरको प्रदर्शनी फाउन्डेसनले गत वर्ष नेपालमा गरेको थियो । नेपालमा उहाँका कामकारबाहीलाई उजागर गर्न यतिले मात्र पुग्दैन भन्ने लाग्छ । उहाँका सङ्ग्रह अध्ययन गर्दा नेपालको पर्यटकीय विकासका लागि भावी दिनमा धेरै सहयोग पुग्ने मलाई लाग्छ”, उनी भन्छिन् ।

    नेपाल चिनाउन अहिले कतैकतै प्रयोगमा आउने पुराना तस्बिर एवं दृश्यहरु प्रायः टोनीकै नेपाल पुस्तक एवं डकुमेन्ट्रीबाट लिइएको पाइन्छ । क्याट्रिन भन्छिन्, “महत्वपूर्ण तस्बिरहरु छन् नेपालको हिमाली तथा अन्य क्षेत्रका । ग्ल्यासिएरहरु पग्लिँदै गरेका कैयौँ महत्वपूर्ण तस्बिरहरु उहाँको एल्बममा छन्, तिनको अध्ययन मात्र पनि नेपालमा जलवायु परिवर्तनको विषयका अनुसन्धानदातालाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ । उबेलाका कतिपय हिमाली टाकुरा, हिमनदी तथा हिमताल अहिले पग्लिएर अर्कै स्वरुपमा परिवर्तन आएको पनि हुनसक्छ । यसबाट हिमालयन जैविक विविधताको अध्ययनमा सहयोग पुग्न सक्छ । यस्तै पक्षहरुलाई उजागर गर्ने काम हामीले गरिरहेका छौँ । उहाँले लिएका नेपालका विविध क्षेत्र र शैलीका तस्बीरहरुको प्रदर्शनी पनि नेपालमा गरेका थियौँ । यसबाट पनि नेपालका अनुसन्धानदातालाई उहिलेको नेपाल अध्ययनमा सहयोग पुग्नसक्छ ।”

    बुबाजस्तै उनले पनि नेपालका अधिकांश पदमात्रामा यात्रा गरेकी छन् । नेपालको हिमाल, पहाड र तराईकै ज्ञान छ उनलाई । “पदयात्रा भनेको हिँडाइ मात्र नभएर त्यस क्षेत्रको समग्र अध्ययन हो । कुनै पनि पदमार्गबाट हामी हिँड्यौं भने हामीले त्यस क्षेत्रको खेतीबाली, मानिसको जीवनशैली तथा त्यहाँको बस्ती र उनीहरुका परम्पराको पनि अध्ययन गर्नसक्छौँ । साथै मानिसको खानपान र उनीहरुका दैनिकीको बारेमा अनुुसन्धान निकै चाखलाग्दो विषय हो । नेपालका विविध क्षेत्रको भ्रमणका क्रममा मलाई त यस्ता विषयको अनुसन्धान गर्न मनपर्छ”, उनी भन्छिन् ।

    टोनीलाई नेपाल बहुजाति, बहुधर्म र संस्कृति भएर पनि कसरी मिलेर बसेको भन्ने बारेमा आश्चर्य लाग्थ्यो रे । बुबासँग आफूले नेपालका बारेमा धेरै सुनेको र जानेको बताउँदै उनले नेपालको जातीय तथा भौगोलिक विविधताका बीचमा पनि नेपाली नागरिक एकापसमा सहयोगी भावनाका साथ मिलेर बसेको पक्षको सधैँ प्रशंसा गर्ने गरेको बताइन् । क्याट्रिन भन्छिन्– “त्यसैले मलाई पनि नेपालको यो पक्षको अध्ययन खुब मन पर्छ । म पदयात्रामा जाँदा होस् या स्वास्थ्य शिविरका क्रममा नेपालाका विभिन्न जिल्लामा जाँदा यस विषयमा जान्न मनपर्छ ।”

    उनी चिकित्सक भएर होला उनलाई अर्गानिक कृषि उत्पादन मनपर्छ । स्वीट्जरल्याण्ड आफ्नो घरमा पनि आफू अर्गानिक तरकारी खेती गर्ने उनले बताइन् । अर्गानिक आलु उत्पादन फार्म रहेको उनी बताउँछिन् । समय मिल्यो कि आफूलाई खेतीको काम मनपर्ने बताउने उनले धेरै उत्पादनका लागि विश्वमै पछिल्लो समयमा प्रयोग गरिने विषादीका कारण विविध खालका रोगको प्रकोप बढेकाले मौलिक र अर्गानिक उत्पादनमा सबैले ध्यान दिनुपर्ने सुझाव दिन्छिन् । नेपालका विभिन्न क्षेत्रमा पदयात्रामा जाँदा पनि उनले त्यस क्षेत्रका अर्गानिक उत्पादन किन्ने गर्छिन् ।

    “पदयात्रा शारीरिक तन्दुरुस्ती, नयाँ ठाउँको परिचय र मनोञ्जन हो तर त्यतिमात्र होइन पदयात्रा । पदयात्राभित्र लुकेको मेरो एउटा उद्देश्य त्यहाँका अर्गानिक कृषिउपज खाने र आफूले किनेर पनि ल्याउने हो । ती उत्पादन मैले किनीदिन्छु र किसानलाई अर्गानिक खानाको महत्वका बारेमा पनि भनिदिन्छु । त्यसपछि म अर्को पटक त्यही ठाउँमा पुग्दा त्यहाँ धेरै उत्पादन गरेको पाउँछु, त्यो देखेर निकै खुसी लाग्छ”, क्याट्रिन भन्छिन् ।

    नेपालका हिमाल पहाडका स्वच्छ ठाउँमा समेत प्लास्टिक फालेको देख्दा उनलाई साह्रै नराम्रो लाग्छ । पदयात्राका क्रममा पनि कतै प्लास्टिकका बोटल, झोला आदि फालिएको देखिने बताउँदै उनले अर्गानिक उत्पादन गर्न सकिने माटोलाई प्लास्टिकले धेरै बिगार्ने हुँदा देशलाई प्लास्टिकमुक्त गराउनुपर्ने सुझाव दिन्छिन् ।

    कुनै पदयात्रा होस् या पर्यटकीय क्षेत्र, त्यहाँका स्थानीयको संलग्नता होस र उनीहरुलाई प्रत्यक्ष लाभ पुगोस् भन्ने उनी चाहन्छिन् । “हुम्ला, मानसरोवरमा मैले एकपटक देखें कि विदेशी पर्यटक हेलिकप्टरमा आए र गए । स्थानीयले के पाए त ? यस्ता पर्यटक पुग्ने स्थानमा पूर्वाधार निर्माण होउन्, त्यहीँका स्थानीयको संलग्नता होस् र उनीहरुका स्थानीय उपज खपत हुन् । पर्यटनको दिगो विकास भनेको यही हो । स्थानीयको सहभागिता र उनीहरुले पाउन सक्ने लाभ बिना पर्यटनमात्र होइन कुनै पनि क्षेत्रको दिगो विकास सम्भव छैन । विकास त होला कुनै निश्चित समयावधिमा, तर त्यसको दिगोपना हुँदैन”, उनको भनाइ छ ।

    नेपाल धेरै परिवर्तन भएको देख्दा आफूलाई निकै खुसी लाग्ने उनी बताउँछिन् । पहिले बुबासँग नेपाल आउँदा देखेको नेपाल अहिले देख्दा अचम्म मान्छिन् उनी ।

    “कति धेरै फरक भइसक्यो । उ बेला नेपालमा चर्पी थिएन, मलाई लाग्छ बनाउने चलन पनि थिएन होला । बालिका, महिला अहिले कति शिक्षित भइसके । राज्यका विभिन्न तथा महत्वपूर्ण निकायमा महिला पुगेका छन् । स्कूल कलेज गाउँगाउँमा छन् । सरसफाइ छ । बाटोघाटो पुगेको छ”, पचास वर्षअघिको नेपाल सम्झिँदै उनी भन्छिन् तर पनि कतिपय ग्रामीण क्षेत्रमा भने अझै पनि चेतनाको स्तरलाई बढाउनुपर्ने उनी महसुस गर्छिन् । तीन वर्षअघि दार्चुलाको घटना सम्झिँदै उनले भनिन्– “एकजना चार वर्षीय बालकको खुट्टा पोलेको थियो र ठूलो घाउ थियो । मैले काठमाडौँ लैजान्छौँ, निःशुल्क उपचार पनि गर्छौंभन्दा पनि बुबाआमा र आफन्तले मानेनन् । घरायसी उपचारले नै ठीक हुन्छ भने । बालकको खुट्टा बिग्रिन्छभन्दा पनि मानेनन् । काठमाडौँ आउन जान टाढा हुने तथा घरमा गाईबस्तु हेर्ने मान्छे पनि कोही नहुने भनेर उनीहरु मानेनन् । यो घटनाले मलाई छोइरहन्छ । मानिसले आफ्नो स्वास्थ्यलाई महत्व दिउन् भन्ने लाग्छ ।”

    आफ्नो जन्मघर स्विट्जरल्यान्ड भए पनि बुबाजस्तै आफूले नेपाललाई कर्मघर बनाउने उनी बताउँछिन् । हुन पनि उनी नेपाल जति अरू देश घुमेकी छैनन् अनि टोनी हेगन फाउन्डेसनको कार्यक्रम पनि नेपालबाहेक अन्यत्र छैन । भन्छिन्– “नेपाल त प्रकृतिले नै वरदानस्वरुप दिएको देश हो, जति पटक आयो त्यति नै राम्रो र झन नयाँ लाग्छ ।”रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    १२ घण्टा अघि

  • २

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    १५ घण्टा अघि

  • ३

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    १५ घण्टा अघि

  • ४

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    १६ घण्टा अघि

  • ५

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    १७ घण्टा अघि

  • ६

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    १७ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    १८ घण्टा अघि

  • ८

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    १८ घण्टा अघि

  • ९

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    १८ घण्टा अघि

  • १०

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ४

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ५

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा
    ६

    सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution