• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा नेतृत्वको सरकारले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ:गगन थापा

४ घण्टा अघि
२

रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै

५ घण्टा अघि
३

कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य

६ घण्टा अघि
४

दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै

७ घण्टा अघि
५

कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला

८ घण्टा अघि
६

रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन

८ घण्टा अघि
७

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

८ घण्टा अघि
८

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

८ घण्टा अघि
९

विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी

८ घण्टा अघि
१०

कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या

१२ घण्टा अघि
११

अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा चैत ११ गते शपथ लिने तयारी

१ दिन अघि
१२

नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन:एन्फा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ भाद्र ३१, बिहिबार (४ साल अघि)

चाडपर्वलाई लक्षित गदै असोज १ देखि विभिन्न ४३ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन हुने

Grains

  • 4,742 Views
  • काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।

    असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन गर्ने जनाएको हो।

    सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दसैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेदेखि कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिइन्।

    उनका अनुसार कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० छुट दिनेछ। कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ।

    यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ। यस वर्ष खाद्य कम्पनीले च्यांग्र्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ। कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्यांग्राको बिक्री वितरण रोकेको थियो।

    खाद्य कम्पनीसँगै साल्ट टेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन्। यसअघि नै कोभिड संक्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भीडभाड नहुने गरी खाद्यान्न बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन कम्पनीलाई निर्देशन दिइसकेको छ। असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ।

    अन्तर्राष्ट्रिय रूपमा कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य वृद्धि

    कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक संघले जनाएको छ।

    नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले बुधबार विज्ञप्ति जारी गर्दै कोभिडपछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खानेतेलको मूल्यमा वृद्धि भएको जनाएको हो।

    संघको विज्ञप्तिअनुसार सन् २०२० को अप्रिलमा प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाबिनको तेल २०२१ को मेमा प्रति मेट्रिक टन १३६३ डलर पुगेको छ।

    यस्तै, प्रतिमेट्रिक टन ७०४ डलर युक्रेन क्रुड सनफ्लावरको तेलको मूल्य २०२१ को मेमा १४९५ डलर पुगेको छ। एक वर्षमा असामान्य रूपमा कच्चा पदार्थको मूल्यमा वृद्धि भएको संघले जनाएको छ। यस्तै संघले जुलाईमा कच्चा पदार्थको मूल्य केही घटे पनि पछिल्लो समय बढेको जनाएको छ।

    अर्जेन्टिनाको क्रुड सोयाबिन तेलको मूल्य घटेर १०९५ र क्रुड सनफ्लावर युक्रेन तेलको मूल्य ११६० भएको थियो।

    संघले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा उद्योगीसँग पर्याप्त मात्रामा स्टक रहँदासमेत वाणिज्य विभागको निर्देशनमा तेलको मूल्य घटाइएको जनाएको छ।

    संघका अनुसार पछिल्लो समय प्रतिमेट्रिक टन २०० देखि २४० डलरसम्म तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि भएको छ।

    ‘अन्तर्राष्ट्रियरूपमै कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाली बजारमा मूल्य वृद्धि भएको हो। गत अगस्ट २० को रिपोर्टअनुसार सोयाबिन तेल १३२७ र सनफ्लावरको कच्चा पदार्थको क्रुड मूल्य १३३० अमेरिकी डलर भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

    पछिल्लो समय नेपाली बजारमा खाने तेलको मूल्यमा वृद्धि भएपछि नियामक निकायका रूपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा उपभोक्ता अधिकारकर्मीले चासो देखाउन थालेका छन्।

    विभागले केही समयअघि तेल उद्योगको अनुगमन गरेर मूल्य बढ्नुको कारण सार्वजनिक गर्नसमेत निर्देशन दिएको थियो।

    नेपालमा हाल २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योग सञ्चालित अवस्थामा छन्। सो उद्योगले तेलका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत देशबाट आयात गर्दै आएका छन्। नेपालमा तेल प्रशोधन गरी उद्योगीले अन्य देशमा समेत निर्यात गर्दै आएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपा नेतृत्वको सरकारले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ:गगन थापा
    ४ घण्टा अघि

  • २

    रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै
    ५ घण्टा अघि

  • ३

    कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य
    ६ घण्टा अघि

  • ४

    दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै
    ७ घण्टा अघि

  • ५

    कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला
    ८ घण्टा अघि

  • ६

    रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन
    ८ घण्टा अघि

  • ७

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
    ८ घण्टा अघि

  • ८

    कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
    ८ घण्टा अघि

  • ९

    विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी
    ८ घण्टा अघि

  • १०

    कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

    नेपाल नक्सा
    २

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ३

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

    नेपाल नक्सा
    ४

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

    नेपाल नक्सा
    ५

    नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

    नेपाल नक्सा
    ६

    कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution