
काठमाडौँ , १२ मंसिर |राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा विवाहपञ्चमीको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले प्राचीन सांस्कृतिक उत्सव विवाहपञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकतालाई सुदृढ पार्न प्रेरणा मिल्ने बताउनुभएको छ ।
उहाँले यस पर्वले मुलुकको मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नुका साथै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।
उहाँले सन्देशमा भनूभएका छ , “यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पु(याउने विश्वास लिएको छु,” ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे