
काठमाडौँ, कात्तिक २१ | टीकापुर नगरपालिका–१ खड्गचोकमा बसले च्यापेर सोही बसका मालिक ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको छ।टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसमा यात्रु चढाउन रोक्ने क्रममा देवकोटा बसको ढोकाबाट खसेका थिए।
बसको ढोकाबाट खसेर पछाडीको चक्कामा च्यापिएर घाइते भएका देवकोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे