काठमाडौं, ३ कार्तिक । कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । आज बिहिबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद मैनालीको इसलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले अपुर्वमाथि जातीय विभेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक रीतिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने, जातीवादका आधारमा छुवाछुत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको थियो ।
नेवारी संस्कृतिमाथि अपूर्वले स्ट्यान्डअप कमेडी मार्फत ब्यङ्ग गरेको भन्दै अभियान्ताहरले उजुरी दिएपछि उनी पक्राउ परेका थिए । उनलाई प्रहरीले भाद्र १२ गते पक्राउ गरेको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई भाद्र २३ गते उपस्थित हुने गरी तारेखमा छोडिएको थियो ।
अपुर्वलाई असोज ३१ गते प्रहरीले दोस्रोपटक पक्राउ गरेको थियो । उनी विरुद्ध एकसाथ ४ वटा मुद्दा दर्ता भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे