
काठमाडौँ २ कार्तिक | बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो ।
अघिल्लोपटक थपिएको पाँच दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो ।
प्रहरीले सात दिनको म्याद मागेको थियो तर अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
२० असोजमा उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनलाई २० असोजमै ७ दिनको अनुसन्धानको म्यान दिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे