
ताप्लेजुङ ,२ कार्तिक ।ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा गए राति ट्रयाक्टर दुर्घटनामा परी ४ जनाको निधन भएको छ ।
५५५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा मैवाखोला ५ का ट्रयाक्टर चालक काम्साङका ३१ वर्षीय पासाङ शेर्पा,उनका भाई २४ वर्षीय फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ वर्षीया सर्मिला शेर्पा र उनकी बहिनी १७ वर्षीया लाकी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्रयाक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे