
काठमाडौँ १ कार्तिक | निर्वाचन आयोगले यही कात्तिक १७ गतेअघि उम्मेदवारले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ ।
आयोगका आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदानको १७ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा तथा आमसभा निषेध गरिएको जानकारी दिएका हुन् ।
उनले भने,‘आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभा गरिए निर्वाचन आचारसंहिता उल्लंघन हुने छ । ‘हाल दल र उम्मेदवारहरूले कुनै किसिमको आमसभा, कोणसभा र गोष्ठीलगायत निर्वाचन प्रचारप्रसारका कार्यक्रम गर्न पाइँदैन। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आगामी कात्तिक १७ गतेअघि उम्मेदवारहरूले आमसभा गरे उम्मेदवारी खारेज गरिदिने निर्णय आयोगले लिनेछ। राजनीतिक दलहरूले कात्तिक १८ गतेबाट चुनावी प्रचारप्रसार गर्न पाउनेछन्।’
सत्ता गठबन्धनका उम्मेदवारहरूले कात्तिक ४ गतेदेखि ७ गतेसम्म सातै प्रदेशमा संयुक्त सभा गर्ने तालिका प्रकाशित गरिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे