काठमाडौँ , ३१ असोज | मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राती देशको पहाडी भू(भागमा आंशिक बदली रहने र बाँकी भू(भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकोे छ।
त्यस्तै कार्तिक १ र २ गते आंशिक ठाउँमा मौसम सामान्यतया सफा रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे