
काठमाडौँ ,२९ असोज | प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भएको बताएका छन् ।
नेपाल टेलिभजनका देशभरिका संवाददाताहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न पोखरामा शनिबार आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले नियन्त्रण चुनौतीपूर्ण रहेको बताए ।
उनले सबै उम्मेदवारलाई समान अवसर दिनुका साथै राजनीतिक दलहरु र उम्मेदवारहरुलाई प्रश्न गर्न सञ्चार माध्यमहरुलार्ई आग्रह समेत गरे ।
आयुक्त थपलियाले आगामी चुनावमा ७० प्रतिशत भन्दा बढी अर्थात १ करोड ३२ लाख मत खस्ने अपेक्षा गरिएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे