अस्पतालको अनुसार अहिले दैनिक १० जनाभन्दा बढी नयाँ विरामी उपचारमा आउने गरेका छन् । डेंगुका कारण सर्लाही र धनुषामा एक एक जनाको मृत्यु भएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशक विजयकुमार झाकाअनुसार असोज २४ गतेसम्म सवैभन्दा बढी बारा जिल्लामा डेंगुबाट एक सय १७ जना संक्रमित भएका छन् । पर्सामा ९२, सर्लाहीमा ९१, रौतहटमा ८५, महोत्तरीमा ४१, सप्तरीमा २९ सिरहामा २३ र धनुषामा सवैभन्दा कम १९ जना डेंगुका विरामी फेला परेको छ ।
प्रदेशमा बढ्दो क्रममा रहेको डेंगु संक्रमणले चिन्ता थपेको उहाँले बताउनुभयो ।
‘‘प्रदेशका ८ वटै जिल्लामा असोज १७ गतेसम्म डेंगुका चार सय २५ जना संक्रमित रहेकामा ४ दिनभित्र बढेर असोज २१ गते चार सय ६३ पुग्यो’ निर्देशक झाले थप्नुभयो, ‘‘त्यो संख्यामा पनि २४ गते ३४ जना थपिएर चार सय ९७ जना पगेपछि डेंगु नियन्त्रण एवं रोकथाममा चुनौती बनेको हो ।’’आजको गोरखा पत्रदैनिकबाट







