
काठमाडौँ २४ असोज |राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।२२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको राष्ट्रपति भण्डारीलाई डेंगु पनि परीक्षण गरिएको थियो । त्यसको रिपोपट नेगेटिभ आएको थियो ।
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइ आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएकाे छ ।
स्रोतका अनुसार उनलाई अहिले भीभीआईपी क्याबिनमा राखेर उपचार गरिँदै छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे