
काठमाडौँ , २१ असोज | चार दिनदेखिको लगातारको झरी पछि आज बिहानबाट मौसममा केही सुधार आएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।विभागका अनुसार मुलकभर आज पनि मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने छ ।
भरे राति कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे