काठमाडौँ ,१३ असोज | नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ । भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।
पत्र पठाएको करिब तीन साता पुगिसक्दा पनि दुवै निकायले पत्रको कुनै जवाफ दिएका छैनन् । कामपाका प्रवक्ता नवीन मानन्धरले नियमअनुसार कर तिनुपर्ने बताउँदै कर नतिरे कारबाही गर्ने चेतावनी दिँदै भन्नुभयो– ‘दुवै निकायले कामपाले तोकेको करको वक्यौता तिर्नैपर्छ ।
हामी फेरि अर्को पत्र पठाउनेछौं । त्यसपछि कानुनअनुसार अघि बढ्नेछौं ।’ दुई सुरक्षा निकायपछि कर तिर्न कुनै पनि जवाफ नदिने सरकारी निकायमा दरशथ रंगशाला, नेपाल कमर्स क्याम्पस, नेसनल ट्रेडिङ लिमिटेड छन् ।
ती निकायले लामो समयसम्म कर तिरेका छैन ।आजको नेपाल समाचारपत्र बाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे