
काठमाडौँ १३ असोज । हिन्दू धर्मलम्बिहरुको महान चाड बडा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिदैँ। यस दिन काठमाण्डौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा पूजा गर्ने चलन छ ।
देवीको सूर्यमा वास भएपछि मात्र सूर्यको ऊर्जा पृथ्वीलोक तथा ब्रह्माण्डमा प्रसार भएको धार्मिक मान्यता छ । सूर्यको उष्ण शक्तिमा पनि विराजमान हुने शक्तिका कारण उनको नाम कूष्माण्डा रहेको मानिन्छ ।
कुष्माण्डको अर्को अर्थ हुन्छ कुभिन्डो जुन देवीको पूजामा बलिका लागि नभई नहुने फल हो। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
नवग्रहमध्ये कूष्माण्डा देवीलाई सूर्यको अधिष्ठात्री देवी मानिन्छ । सिंहिनीको आसनमा कूष्माण्डा देवी विराजमान हुन्छिन् । भारतीय उपमहाद्वीपमा उनको मूर्तिमा ८ हात देखाइन्छ ।
दायाँ हातमा क्रमशः कमण्डलु, धनुष, वाद र कमलको फूल हुन्छ भने बायाँ हातमा क्रमशः अमृत कलश, जपमाला, गदा र चक्र हुन्छ । कूष्माण्डा देवीले क्षणभरमै ब्रह्माण्ड सृष्टि गर्न सक्ने शक्ति राख्छिन्, तसर्थ विशेषतः सिद्धि र निधिका लागि देवीको पूजा गरिन्छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे